काठमाडौंका सुकुमबासीलाई बाढीबाट जोगाउन डोजर चलाएको हुँ : बालेन

लोकपथ
791
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले काठमाडौंका सुकुमबासीलाई बाढीको जोखिमबाट जोगाउन डोजर प्रयोग गरेको बताएका छन् । 

चुनावी प्रचारका लागि झापा–५ पुगेका बालेनले स्थानीयसँग संवाद गर्दै  यस्तो बताएका हुन् । 

उनले भने, ‘काठमाडौंको खोलाछेउको जग्गा सार्वजनिक हो। यहाँका बस्तीमाथि बाढी आउँदा ठुलो जोखिम हुन्छ । त्यसैले बर्खामा ज्यान जोखिममा पर्ने सम्भावना रहेकालाई सुरक्षित ठाउँमा सार्न डोजर प्रयोग गरिएको हो। तर यसबारे गलत न्यारेटिभ फैलाइएको छ ।’

उनले थपे, ‘बर्खा लाग्दा असार महिनामा खोलाको किनारमा बस्ने बस्तीलाई सुरक्षित स्थानमा सार्नु पर्छ । जोखिममा रहेकालाई ज्यान जोगाउन सेफ ठाउँमा राखिएको हो ।’

बालेनले झापाको सन्दर्भ काठमाडौं जस्तो नभएको भन्दै, झापामा डोजर नलगाउने आश्वासन दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?