काठमाडौं । साताको तेस्रो कारोबारका दिन स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३७ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ३७ सय रुपैयाँले बढेर २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । लगातार केही दिनदेखि घटिरहेको सुनचाँदीको मूल्य आज भने बढेको हो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी १ सय ३५ रुपैयाँले बढेको हो । हिजो ५ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया