एमाले, कांग्रेस र रास्वपाबाट समानुपातिक सूचीमा परेका क–कसको नाम हट्यो ?

लोकपथ
0
Shares

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि दलहरुले बुझाएको समानुपातिकको बन्दसूचीबाट ७६ जनाको नाम हटाएको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै उम्मेदवारविरुद्ध परेको उजुरी, दलले नाम हटाउन दिएको निवेदन, उम्मेदवारको योग्यता–अयोग्यता लगायत आधारमा नाम सूचीबाट हटाएको छ ।

जसमध्ये नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समेत एक–एक उम्मेदवारको नाम हटाएको छ ।

प्रदेश निर्वाचनमा समेत समानुपातिकमा उनीहरुको नाम रहेको भन्दै एमाले र कांग्रेसका २ उम्मेदवारको नाम हटाएको हो भने रास्वपाको उम्मेदवारको हकमा भने पार्टीले नै नाम हटाउन भनेको आयोगले जनाएको छ ।

आयोगका अनुसार नेपाली कांग्रेसबाट दलित कोटाबाट समानुपातिकमा नाम पठाइएका रामसुन्दर महरा, नेकपा एमालेबाट आदिवासी जनजाती कोटामा नाम बुझाइएका दलबहादुर गुरुङ र रास्वपाबाट थारु कोटामा नाम बुझाइएकी उर्मिला चौधरीको नाम हटाएको हो ।

त्यसो त हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट नाम बुझाइएका समेत धेरै उम्मेदवारहरुको नाम सूचीबाट हटाइएको छ ।

यो पनि…

समानुपातिकको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाइयो [सूचीसहित]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?