समानुपातिकको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाइयो [सूचीसहित]

लोकपथ
0
Shares

काठमाडौं । फागुन २१ को निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले बुझाएको समानुपातिकको बन्दसूचीबाट ७६ जनाको नाम हटाइएको छ ।

उम्मेदवारहरुका विरुद्धमा परेको उजुरीका आधारमा निर्वाचन आयोगले ७६ जनाको नाम सूचीबाट हटाएको हो ।

उम्मेदवारविरुद्ध परेको उजुरी, उम्मेदवारको योग्यता तथा अयोग्यता लगायतका मापदण्डका आधारमा नाम हटाइएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा रहेका २५ जना, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १०, पच्चिस वर्ष उमेर नपुगेका ४ जनासहित ७६ जनाको नाम हटाइएको हो ।

नामावली हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?