रिलिज हुनुअघि नै ‘पद्यमावती’ विवादमा, भन्सालीले खोले मुख

मुम्बई, २३ कात्तिक । चलचित्र ‘पद्यमावती’ का विषयमा निकै विवाद भइरहेको बेला निर्देशक सञ्जयलीला भन्सालीले एक भिडियो सन्देश जारी गरी चलचित्रको विषयमा रहेको विवादप्रति स्पष्टिकरण दिएका छन् उनले प्रष्टिकरणमा भनेका छन्, ‘म रानी पद्यमावतीको कथाबाट सधै प्रभावित छु । यो चलचित्रले उनको वीरता र बलिदानको कथावस्तु उल्लेख गरेको छ ।’त्यस्तै, चलचित्रको विषयमा विरोध गर्नेहरुले रानी ‘पद्यमावती’ र ‘अलाउद्दिन खिलजी’ बीचको प्रेम सम्बन्धका विषयमा पनि प्रश्न उठाएका छन् । रानी पद्यमावती र अलाउद्दिन खिलजीको अपमान गर्ने कुनै दृष्य नरहेको दाबी निर्देशक भन्सालीले गरेका छन् त्यस्तैगरी, ‘निर्देशक अन्सालीले भने, मैले यो चलचित्र निकै सोचविचार गरेर पूर्ण रुपमा बनाएको छु । राजपुतको मान मर्यादालाई ध्यानमा राखेर यो चलचित्रमा निर्माण गरेको छु ।’साथै सोमबार भाजपा सांसद चिन्तामणि मालवीयले आफ्नो फेसबुकमा एउटा पोष्ट गर्दै चलचित्रको विरोध गरेका छन्, भने उनले आफ्नो समर्थकहरुलाई चलचित्र नहेर्न आग्रह पनि गरेका छन् आगामी १ डिसेम्बरमा रिलिज हुने चलचित्र ‘पद्यमावती’ को राजपूत संगठनले पनि विरोध गरेका छन् । अखण्ड राजपूताना सेवासंघले सेन्सर बोर्डलाई चलचित्रमा रोक लगाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?