राष्ट्रिय सभाबाट ३ वटा अध्यादेश स्वीकृत

लोकपथ
595
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठकबाट अगामी २१ फागुनको निर्वाचनलाई लक्षित गरी अन्तरिम सरकारले जारी गरेका तीन वटा अध्यादेश स्वीकृत भएका छन् ।

सभाको सोमवारको बैठकबाट ती अध्यादेशहरु स्वीकृत भएका हुन् । सभामा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ लाई स्वीकृत गरियोस् भन्ने प्रश्ताव पेश गर्नुभएको थियो ।

उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?