चितवनमा दुर्गा प्रसाईँका समर्थक र प्रहरीबिच घम्साघम्सी

लोकपथ
105
Shares

काठमाडौं । चितवनमा प्रहरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थकबिच घम्साघम्सी भएको छ ।

सोमबार प्रसाईँ कार्यक्रमका लागि चितवन पुगेका थिए । प्रसाईँको समूहले भरतपुरको साझा बसपार्कबाट चौबिसकोठीसम्म पुग्ने भन्दै प्रशासनसँग अनुमति लिएको थियो । शान्तिपूर्ण रुपमा र्‍याली गर्ने भनिए पनि सडकमै सभा गर्न लागेको भन्दै प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । सो क्रममा केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

त्यहाँ सयौँको संख्यामा प्रसाईँका समर्थकहरु निस्किएका थिए । उनीहरुले शान्तिपूर्ण र्‍यालीका लागि अनुमति लिए पनि सर्वसाधारणलाई असर गर्नेगरी बाटो नै छेक्न थालेपछि प्रहरीले हटाउन खोज्दा धकेलाधकेलको अवस्था सिर्जना समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?