काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा धेरै स्थानमा जित हात पार्ने दाबी गरेका छन् ।
काठमाडौं क्षेत्र नं ३ का उम्मेदवार समेत रहेका अध्यक्ष घिसिङले बाराको सिमरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन् ।
उनले धेरै ठाउँमा उज्यालो नेपाल पार्टीले जित्ने, जित निकाल्न नसकेको स्थानमा प्रतिष्पर्धामा आउने उनको दाबी छ ।
उनले भनेका छन्, ‘धेरै सीट जित्छौँ र नजितेको ठाउँमा प्रतिस्पर्धामा आउँछौँ ।’
कुलमान नेतृत्वको पार्टीले देशभरका १२१ वटा निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिएको छ । चुनावको दौरानमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरे पनि केही दिनमै एकता भत्किएपछि समानुपातिक सांसद समेत हुनेछैनन् ।
आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–३ सहित कुलमान देशका विभिन्न निर्वाचन क्षेत्रमा पुगिरहेका छन् ।
सोमबार उनी बारा पुगेका छन् । चुनावी प्रचारप्रसारका लागि बारा पुगेका बेला सञ्चारकर्मीहरुले झापा क्षेत्र नं ५ को निर्वाचनबारे समेत जिज्ञाशा राखेका थिए । सो क्रममा कुलमानले त्यहाँको निर्णय जनताले गर्ने दाबी गरे ।
‘हाम्रो पनि उम्मेदवारी छ। अब जनताले निर्णय गर्ने कुरा हो। जनताले जे निर्णय गर्छन् त्यही हुन्छ,’ उनले भनेका छन् ।
अन्तरिम सरकारको मन्त्री बनेका कुलमान राजीनामा दिएर राजनीतिमा होमिएका थिए । निर्वाचन गराउने म्याण्डेट पाएको सरकारका मन्त्री आफैँ निर्वाचनमा होमिएको भन्दै उनको आलोचना समेत भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया