कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति यादवलाई

लोकपथ
98
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई कार्यवाहक राष्ट्रपति तोकिएको जानकारी राष्ट्रिय सभालाई गराइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल आइतबार जापानको औपचारिक भ्रमणमा गएको कारण कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी यादवलाई तोकिएको जानकारी प्राप्त भएको सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभालाई जानकारी गराएका हुन् ।

नेपाल र जापानबिचको कुटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन् ।

राष्ट्रपति पौडेल स्वदेश नफर्केसम्म राष्ट्रपतिले सम्पादन गर्ने कार्य उपराष्ट्रपति यादवले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?