काठमाडौं । संविधानसभा सदस्य एवं पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन् ।
उनले आज सोमबार पत्रकार सम्मेलन गरी एमाले त्यागेको घोषणा गरेका हुन् । एमाले प्रवेश गरेको एक वर्ष नपुग्दै उनले सो पार्टी त्यागेका हुन् ।
एमाले छाड्नुमा पार्टीभित्र व्यक्तिवाद हाबी रहेको उनले बताएका छन् ।
देव नेकपा एमालेको केन्द्रीय सदस्य, नागरिकता जाँचबुझ आयोगको अध्यक्षजस्ता जिम्मेवारीमा रहेका थिए ।
उनले ४० वर्ष लामो राजनीतिक जीवनमा नेकपा मानन्धर, नेकपा एमाले, नेकपा माले, मधेसी जनअधिकार फोरम, लोकतान्त्रिक फोरम र नेपाली कांग्रेस पार्टीमा आफूलाई प्रवेश गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया