दिनेश सिटौलाप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने– ‘तपाईको अभाव सदा खड्किनेछ’

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले पत्रकार दिनेश सिटौलाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै बालेनले सिटौलाको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

सिटौलाको आइतबार दिउँसो उपचारका क्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भएको थियो ।

उनले सिटौलाको अभाव आफूलाई सँधै खड्किरहने बताए ।

‘अलबिदा दिनेश सिटौला । नेपाली फिल्मको अभिभावक अनि मेरो हितैसी मित्र । तपाईंको अभाव सधै खडकिनेछ,’ उनले भनेका छन् ।

चुनावी अभियानका क्रममा बालेनसँगै सुदूरपश्चिम पुगेका सिटौला शुक्रबार अचानक ढलेर बेहोस भएका थिए । उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट अछामबाट काठमाडौं ल्याइएको थियो । ग्राण्डीमा भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा आज अस्पतालले मृत घोषणा गरेको हो ।

स्वर्गीय पत्रकार सिटौला लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय रहेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?