सरकारले भन्यो– ‘इरान भ्रमण नगर्नू, त्यहाँ रहेका नेपालीहरु छिटो फर्किनू’

लोकपथ
210
Shares

काठमाडौं । सरकारले इरानमा विकसित घटनाक्रमलाई ख्याल गर्दै भ्रमण नगर्न आग्रह गरेको छ ।

अमेरिका–इरानबिच बढ्दो तनावका कारण सरकारले इरानको भ्रमण नगर्न र त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्किने मनस्थिति बनाउन समेत भनेको हो ।

‘पछिल्लो विकासक्रमलाई ध्यानमा राख्दै त्यहाँको अवस्था सामान्य नभइन्जेलसम्म इरान भ्रमण गर्ने योजना स्थगित गर्न हामी सल्लाह दिन्छौँ । हाल इरानमा रहेका नेपाली नागरिकलाई सकेसम्म छिटो इरान छोड्न सल्लाह दिन्छौँ,’ परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै भनेको छ ।

इरानमा नेपालको आवासीय राजदूतावास नभएका कारण त्यहाँ कति नेपालीहरु रहेका छन् भन्ने एकिन समेत छैन । कतारस्थित दोहामा रहेको नेपाली दूतावासबाटै त्यहाँको गतिविधि हुने गरेको कारण परराष्ट्र मन्त्रालयले कुनै समस्या भएमा मन्त्रालय वा दोहास्थित दूतावासमा सम्पर्क गर्न समेत भनेको छ ।

त्यसो त मन्त्रालयले विभिन्न महत्वपूर्ण डकुमेन्टहरु जस्तै पासपोर्ट, आइडी कार्ड लगायतका सामग्रीहरु तयारी अवस्थामा राख्न समेत भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?