काठमाडौं । नेपाली कांग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले लोकतन्त्रको रक्षा गर्न कांग्रेसलाई जिताउनुको विकल्प नभएको बताएका छन् ।
निर्वाचन क्षेत्रका मतदाताहरूसँगको भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उनले कांग्रेस लगायतका पुराना राजनीतिक दलहरूले लडेर ल्याएको अधिकार स्वतन्त्रता र प्रतिवादको महत्व स्मरण गराए ।
डा। शर्माले भने, ‘लोकतन्त्रको रक्षा गर्ने हो भने हामीलाई नै विश्वास गर्नुपर्छ । यसको विकल्प छैन। अब हामीले बदलिएको कांग्रेस लिएर आएका छौँ । नयाँ, बदलिएको र नयाँ भिजनसहित आएको कांग्रेसलाई तमाम नेपाली जनताले पत्याउनुपर्छ। पत्याउनुभएन भने देश भड्खालोमा जान्छ।’
उनले थपे, ‘सरकारले थुनिहाल्यो भने अदालतले छोड्ने स्वतन्त्र न्यायालय लोकतन्त्रको पाँच पिल्लरमध्ये एउटा हो । त्यसमा त्रुटि हुन सक्छ, सुधार गर्नुपर्छ। तर लोकतन्त्रको रक्षा गर्ने हो भने हामीमाथि नै विश्वास गर्नुपर्छ ।’
डा.शर्माले नागरिक भुलभुलैयामा परे देशको दुर्भाग्य निश्चित हुने र बदलिएको कांग्रेसले मात्र देश बदल्न सक्ने बताए । मोरङ–३ मा आफूलाई अत्यधिक मत दिएर विजयी गराउने कुरामा उनी पूर्ण विश्वस्त रहेको पनि उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया