काठमाडौं । पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचाररत सिटौलालाई आज दिउँसो १२ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ चुनावी अभियानका क्रममा अछाम पुगेका सिटौला अचानक बेहोस भएर ढलेका थिए ।
त्यसपछि उनलाई शुक्रबार उपचारका लागि काठमाडौं ल्याइएर ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखिएको थियो ।
उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार नआएपछि आज उनको निधन भएको अस्पतालले जनाएको छ ।
स्वर्गीय सिटौलाको आजै काठमाडौंस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया