दलकाे घोषणा पत्रमा आर्थिक विषय समेटिएन : चन्द्र ढकाल

लोकपथ
70
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयले अपेक्षित प्राथमिकता नपाएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले दलहरू आफ्ना स्पष्ट एजेन्डा प्रस्तुत गर्नुको सट्टा अन्य दलको आलोचना गरेर मात्रै स्थापित हुन खोज्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

उनले हालसम्म कुनै पनि राजनीतिक दलका घोषणापत्रमा निजी क्षेत्र र अर्थतन्त्रसम्बन्धी विषयलाई केन्द्रमा राखिएको नदेखिएको बताए । ‘दलहरू आफ्ना एजेन्डामार्फत जनतामाझ जानुपर्ने हो, तर निजी क्षेत्र र आर्थिक विषय घोषणापत्रमा प्राथमिकतामा पर्न सकेका छैनन्, ‘अध्यक्ष ढकालले भने ।

निजी क्षेत्रले राज्यको अर्थतन्त्रमा पुर्‍याएको योगदानको पर्याप्त चर्चा राजनीतिक नेतृत्व र दलबाट हुन नसकेको उल्लेख गर्दै उनले यसप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । निजी क्षेत्रलाई राज्यले प्रोत्साहन र संरक्षण नगरेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने उनको धारणा थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले पनि आर्थिक एजेन्डालाई राजनीतिक बहसको मूलधारमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?