संखुवासभा । संखुवासभामा घाँसको विषयमा विवाद हुँदा एक जनाको हत्या भएको छ ।
आज दिउँसो करिब ३ बजे चैनपुर नगरपालिका–१०, इखम्बुमा ५९ वर्षीय शिव कुमार राई र ४७ वर्षीय लिला प्रसाद राईबिच घाँसको विषयमा विवाद भएको थियो ।
प्रहरीका अनुसार विवादको क्रममा शिव कुमार राईले खुकुरी प्रहार गर्दा लिला प्रसाद राईको घटनास्थलमै मृत्यु भएका हो ।
घटनाको जानकारी पाएपछि इप्रका चैनपुर र प्रचौ खराङबाट खटिएको प्रहरीले शिव कुमार राईलाई घटनास्थलबाट खुकुरीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी निरीक्षक तथा सूचना अधिकारी मेघराज अर्यालले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया