राष्ट्रिय शक्ति र जनताको एकता कमजोर पार्ने प्रयास भइरहेको छ : नेता खतिवडा

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता जगन्नाथ खतिवडाले वर्तमान कम्युनिष्ट आन्दोलनको मूलधार नेपाली कम्युनिष्ट पार्टी नै रहेको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा सोलु–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित निर्वाचन विशेष कार्यक्रममा उनले पार्टी विचार, सिद्धान्त र समाजवादको लक्ष्यमा आधारित रहेको बताए । खतिवडाका अनुसार, नेपाली कम्युनिष्ट पार्टी समाजवाद प्राप्तिका लागि दौडने शक्तिहरूको संयोग हो ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतलाई लक्षित गर्दै आफूलाई क्रान्तिकारी भनेर दाबी गर्ने केही शक्तिहरूले साम्राज्यवादी शक्तिको आडमा आन्दोलनलाई दुरुपयोग गरेको आरोप पनि लगाए । खतिवडाले भने, ‘यस्ता शक्तिहरूले राष्ट्रिय शक्ति, जनताको एकता र देशभक्तिलाई कमजोर बनाउने प्रयास गरिरहेका छन् ।’

पार्टीले माक्र्सवाद–लेनिनवादलाई वैचारिक आधार मानेर अघि बढिरहेको र समाजवादमार्फत जनताको जीवनस्तर सुधार्ने लक्ष्यमा जोड दिएको उनले बताए । उनले कार्यकर्तालाई गाउँ–गाउँमा पुगेर चुनावी गतिविधिमा सक्रिय हुन पनि आग्रह गरे ।

खतिवडाले थपे, ‘आजको कम्युनिष्ट आन्दोलनको मूलधार नेपाली कम्युनिष्ट पार्टी हो। विचारहीन र सिद्धान्तहीन शक्तिहरूले हाम्रो गन्तव्यलाई सही बाटोमा जानबाट रोक्न सक्दैनन्। हाम्रो उद्देश्य देशको प्रतिष्ठा र जनताको सम्मान वृद्धि गर्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?