काठमाडौं । नेकपा एमालेका सचिव तथा काठमाडौं–४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.राजन भट्टराईले तोडफोड, हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्वहरूले मुलुक युक्रेन जस्तो संकटपूर्ण बाटो समाउन सक्ने चेतावनी दिएका छन् ।
ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा उनले भने, ‘२१ औँ शताब्दीको तेस्रो दशकमा आइरहँदा पनि तोडफोड, हिंसा, आगजनीबाट सत्ता परिवर्तन गर्ने तत्वहरूको गतिविधिबाट मुलुक जोखिममा पर्न सक्छ ।’
डा.भट्टराईले मतदातालाई भ्रम र लाञ्छनाबाट अलमलिन नहुने आग्रह गर्दै विवेकपूर्ण मतदानको आवश्यकता औँल्याए । उनले चेतावनी दिँदै भने, ‘यदि हामी विवेकी मतदाताले बुझ्न सकेनौँ भने, यो मुलुकको भाग्य र भविष्य संकटमा पर्न सक्छ । नवयुवाहरू र अलमलमा परेको पुस्तालाई सही कुरा बुझाउन हामीले अग्रसर हुनुपर्छ ।’
सचिव भट्टराईले मतदाता समुदायलाई सचेत रहन र असत्य प्रचारमा नपर्न सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया