काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिल्ने जति सबै पार्टीसँग एकता गर्ने बताएका छन् ।
सोलु–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित निर्वाचन विशेष कार्यक्रम तथा वृहत् भेलामा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको उत्तर दिँदै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘सबै पार्टी एकै ठाउँमा नआउँदासम्म हाम्रो पार्टी एकता जारी रहन्छ । विचार मिल्ने जति सबै पार्टीसँग हामी एकता गर्छौँ। राष्ट्रलाई एक बनाएर छोड्छु ।’
उनले भर्खरै आएका भावी प्रधानमन्त्री उम्मेदवारमध्येबाट कोही नबन्ने दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया