काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले देशभरि भरपर्दो मानिस र पार्टीलाई सुम्पिन नसके देश प्रयोगशालामा परिणत हुने निश्चित रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी कहिल्यै पुरानो नहुने उल्लेख गर्दै अहिले नयाँ अनुहार, सिद्धान्त र नीतिसहित कांग्रेस अघि बढिरहेको बताए । उनले १६५ निर्वाचन क्षेत्रमध्ये १०६ क्षेत्रमा नयाँ उम्मेदवारलाई मौका दिइएको जानकारी पनि दिए ।
चालिसेले भने, ‘पार्टी पुरानो हुँदैन, मान्छे पुरानो हुनसक्छ। नयाँ मान्छे लिएर आएका छौँ। प्रधानमन्त्रीको उम्मेदवार नयाँ प्रस्ताव गरेका छौँ । यसबेला भरपर्दो भविष्य हेर्ने हो । कसको हातमा देश जिम्मा दिने ? देश प्रयोगशाला हुँदैन। लगातार लौका खाएँ, यसपटक घिरौँला खाने जस्तो हुँदैन।’
उनले नागरिकहरूलाई शंका र उत्तेजनाको भरमा निर्णय नगर्न आग्रह गर्दै विवेक र संयमले निर्णय लिनुपर्नेमा जोड दिए । प्रवक्ताले जनतालाई मालिक बनाउने प्रणाली स्थापना गर्दै काँग्रेसले देश अघि बढाउने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया