महामन्त्री पौडेलले भने– ‘सबै काम पूरा गर्न सकिन होला तर बिगारेको केही छैन’

लोकपथ
56
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाज सबैभन्दा बढी नेपाली कांग्रेसले आत्मसात गरेको दाबी गरेका छन् ।

शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ का मतदातासँगको भेटघाट कार्यक्रममा उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा अराजकता मात्रै भएको दाबी नगरेको बताए ।

उनले भने, ‘त्यो आन्दोलन एक पुस्ताको नाममा भए पनि सम्पूर्ण नेपालीको विषय उठाइएको थियो । सुशासन र नागरिक स्वतन्त्रता सबै नेपालीले चाहेको कुरा हो र यसको उपयोगमा कुनै बन्देज हुनु हुँदैन । भदौ २३ र २४ को आन्दोलनको मुद्दा सबैभन्दा बढी नेपाली कांग्रेसले आत्मसात गरेको छ ।’

महामन्त्री पौडेलले आफ्नो राजनीतिक अनुभव र सरकारमा रहेर समस्याको समाधानका उपायहरू खोजेको पनि उल्लेख गरे । उनले भने, ‘मैले सबै काम गरेँ भन्दिनँ, तर मैले केही बिगारेको छैन । सुधार कहाँ आवश्यक छ र समाधान के हो भन्नेमा म स्पष्ट छु ।’

पौडेलले आफूलाई मतदाताले विगतमा दिएको विश्वास जस्तै आगामी निर्वाचनमा पनि गर्ने अपेक्षा राखेका छन् । उनले नयाँ परिस्थिति अनुसार नयाँ सुधार गर्दै परिणाम सकारात्मक खोज्न काँग्रेस तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?