काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले देशमा बढ्दै गएको चुनावी चर्चा र दलहरूका दाबीप्रति व्यंग्य गरेका छन् ।
शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै नेता बास्कोटाले चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा कुनै पनि दल दोस्रो हुने अवस्था नदेखिएको टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा पढ्दा कोही पनि दोस्रो हुँदैन । सबैले जितेको मात्र होइन, एकल सरकार नै बनाइसकेको देखियो ।’
तर वास्तविक परिणाम भने मतदाताको हातमा रहने उल्लेख गर्दै बास्कोटाले अन्तिम निर्णय जनताकै हुने बताए । ‘मतदाताको मनमा के छ ? परिणाम त त्यहीँ प्रकट होला, ‘उनले लेखेका छन् ।
उनले चुनावी समयमा हुने हो–हल्ला, झुटा प्रचार तथा आरोप–प्रत्यारोपलाई सामान्य राजनीतिक प्रक्रिया भएको उल्लेख गर्दै यस्ता प्रवृत्ति युरोप र अमेरिकाजस्ता विकसित देशहरूमा पनि देखिने टिप्पणी गरेका छन् । ‘यो त नेपालमा मामुली कुरो भैगो,‘बास्कोटाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया