अहिले कांग्रेस सबैभन्दा ठूलो मधेशवादी दल हो : गगन थापा

लोकपथ
126
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस सबैभन्दा ठूलो मधेशवादी पार्टी रहेको दाबी गरेका छन् ।

शुक्रबार धनुषा क्षेत्र नं ४ मा पार्टीका पूर्वसहमहामन्त्री महेन्द्र यादवको निर्वाचन क्षेत्रमा मत माग्दै सो कुरा बताएका हुन् ।

उनले विशेष महाधिवेशनबाट कांग्रेस नयाँ उर्जाका साथ मैदानमा उत्रिएको भन्ने आम नागरिकलाई बुझाउनुपर्ने अवस्था रहेको बताए । साथै अन्य नयाँ दलदेखि मधेशवादी दलहरु भन्दा कांग्रेसले मधेशको मुद्दा बोक्न सक्ने समेत उनको दाबी रहेको छ ।

‘कोही नयाँ पार्टीमा मत हाल्छु भन्दै छ भने तपाईँले घरमा गएर यो नयाँ कांग्रेस हो भनेर कन्भिन्स गर्नुपर्छ । कसैले मधेशवादी दललाई भोट हाल्नु भनेर भन्छ भने आजको दिनमा सबैभन्दा ठूलो मधेशवादी पार्टी कांग्रेस हो, हाम्रो सभापति समेत मधेश उत्रिनु भएको छ, ल्याएका छौँ हामीले यो भन्ने काम तपाईँको हो,’ उनले भने ।

त्यस्तै कांग्रेसले आगामी निर्वाचनपछि आफ्नै एकल बहुमतको सरकार बनाउने दाबी गर्र्दै उनले मधेशबाट धेरै भन्दा धेरै कांग्रेसका उम्मेदवारहरुलाई जिताउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?