निर्वाचनपछि जेलेन्स्की जन्माउने खेल हुँदैछ : शंकर पोखरेल

लोकपथ
364
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनबाट नयाँ जेलेन्स्की जन्माउने प्रयास भएको आरोप लगाएका छन् ।

शुक्रबार पार्टी निकट प्रेस चौतारी नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव पोखरेल सरकारमाथि खनिएका हुन् ।

उनले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार विदेशीको ईशारामा बनेको सरकार रहेको समेत आरोप लगाए ।

‘संविधान घायल भएको छ, लोकतन्त्र कमजोर भएको छ, नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने षड्यन्त्र हुँदैछ । अहिले विदेशीको कठपुतली सरकार निर्माण भएको छ, भविष्यमा पनि त्यसलाई निरन्तरता दिनको लागि जेलेन्स्की जन्माउने योजनाको साथ अभियान सुरु भएको छ,’ महासचिव पोखरेलले भने ।

त्यस्तै आफू र आफ्नो दल नेकपा एमाले विदेशी षडयन्त्रलाई सफल बनाउन नदिने गरी अघि बढेको समेत दाबी गरे । साथै छिमेकी राष्ट्रहरु भारत र चीनका विरुद्ध शक्ति राष्ट्रहरुले चलखेल गर्ने अखडाका रुपमा नेपाली भूमी प्रयोग गर्न नदिने समेत उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?