काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार, आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यति नै चाँदीको मूल्यमा प्रतितोला ४ सय ४० रुपैयाँले घटको छ । जसअनुसार चाँदीको मूल्य प्रतितोला ७ हजार ६५ रुपैयाँ कायम भएको छ ।
बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३ सय र त्यति नै चाँदीको मूल्य ७ हजार ५ सय ५ कायम भएको थियो ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८ सय र त्यति नै चाँदीको मूल्य ७ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
यसैगरी, गत मंगलबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ९ हजार ३ सय रुपैया, चाँदीको मूल्य ६ हजार ८ सय ७० रुपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ५ सय ३७ र त्यति नै परिमाणको सेतो धातु १ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया