मुग्लिङ–नारायणगढ सडकखण्डमा यात्रुबाहक बस दुर्घटना, ३८ जना घाइते [नामावलीसहित]

लोकपथ
364
Shares

चितवन । मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिक बस दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन् ।

आज बिहान करिब ३ बजेको समयमा दाङबाट काठमाडौंतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेका घाइतेमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य रहेको  जिल्ला प्रहरी कार्यालय चितवनका इन्स्पेक्टर खगेन्द्र अधिकारीले लोकपथलाई जानकारी दिए  । 

घाइतेहरुको भरतपुरस्थित नयाँ मेडिकल कलेज, पुरानो मेडिकल कलेज, मौलाकालिका अस्पताल तथा मुग्लिङस्थित जनता केयर अस्पतालमा उपचार भइरहेको अधिकारीले जानकारी दिए । 

नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना, पुरानो मेडिकल कलेजमा १३ जना, मौलाकालिका अस्पतालमा १५ जना र जनता केयर अस्पताल मुग्लिङमा ६ जनाको उपचार भइरहेको छ ।

जनता केयर अस्पतालमा उपचाररत घाइतेमध्ये दुर्घटनाका समयमा बस चलाइरहेका चालक विपिन चौधरी र सुभाष ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो अस्पतालमा रहेका अन्य ४ जना घाइतेलाई थप उपचारका लागि भरतपुर पठाइएको छ ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यी हुन् नामावली :

नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत घाइतेहरु

१. दाङको लमही नगरपालिका १ बस्ने वर्ष ३३ को गणेश चौधरी (हात खुट्टामा चोट, अवस्था मध्यम) ।

२. ऐ.ऐ. ३ बस्ने वर्ष २१ की रुपा चौधरी (निधारमा चोट, अवस्था मध्यम) ।

३. राप्ती गाउँपालिका ५ बस्ने वर्ष २४ की माधुरी चौधरी (हात खुट्टामा चोट र ढाडमा चोट अवस्था मध्यम) ।

४. सहचालक राप्ती गाउँपालिका मसुरिया बस्ने वर्ष २१ को दिनेश चौधरी (वाँया कानमा भित्री चोट, अवस्था मध्यम) ।

पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत घाइतेहरु

१. दाङको गढवा गाउँपालिका ३ बस्ने वर्ष ३१ की सिमा चौधरी (वाँया हात र टाउकोमा चोट, अवस्था सामान्य) ।

२. गढवा गाउँपालिका ५ बस्ने वर्ष १८ को अभिषेक चौधरी (वाँया हात र ढाडमा चोट, अवस्था सामान्य) ।

३. ऐ.ऐ. बस्ने वर्ष २१ को सम्राट चौधरी (टाउकोमा चोट अवस्था सामान्य) ।

४. घोराही–१८ बस्ने वर्ष ३६ को शालिग्राम खत्री क्षेत्री (टाउको र वाँया हातमा चोट, अवस्था सामान्य) ।

५. दाङ शान्तिनगर गाउँपालिका २ बस्ने वर्ष ६९ को शालिग्राम शर्मा (टाउको र वाँया खुट्टामा चोट, अवस्था सामान्य) ।

६. वर्ष ३७ की माँया चौधरी (वाँया हात र अनुहारमा चोट, अवस्था सामान्य) ।

७. लमही नगरपालिका २ बस्ने वर्ष ३२ को निर्मल चौधरी (टाउको र ढाडमा चोट अवस्था सामान्य)।

८. लमही नगरपालिका २ बस्ने वर्ष ३१ की गीता चौधरी (टाउकोमा चोट, अवस्था सामान्य) ।

९. ऐ.ऐ. बस्ने वर्ष १९ को आवास चौधरी (वाँया खुट्टा र हातमा चोट, अवस्था सामान्य) ।

१०. ऐ.ऐ. बस्ने वर्ष ३२ को राजु चौधरी (अनुहार र वाँया खुट्टामा चोट, अवस्था सामान्य) ।

११. दाङ गढवा गाउँपालिका २ बस्ने वर्ष ३२ को लिखुराम चौधरी (टाउको र ढाडमा चोट, अवस्था सामान्य) ।

१२. दाङ घोराही–१८ बस्ने वर्ष ३१ को बाबुराम थापा (अवस्था सामान्य) ।

१३. ऐ.ऐ. ४ बस्ने वर्ष ४० को शुभराम वाग्ले (टाउकोमा चोट, अवस्था सामान्य) ।

मौलाकालिका अस्पताल भरतपुरमा उपचाररत घाइतेहरु   

१. सल्यान छत्रेश्वरी ५ बस्ने वर्ष १८ की लिला कवर मगर (टाउकोमा चोट, अवस्था सामान्य) ।

२. ऐ.ऐ. बस्ने वर्ष २१ को रमेश कवर मगर (टाउकोमा चोट, अवस्था मध्यम) ।

३. दाङ गढवा–२ बस्ने वर्ष २७ की मिना चौधरी (वाँया खुट्टा भाँचिएको, अवस्था मध्यम) ।

४. गढवा २ बस्ने वर्ष ३० को विष्णु चौधरी (टाउकोमा चोट, अवस्था मध्यम) ।

५. ऐ.ऐ. बस्ने वर्ष २२ की सन्ध्या बफ्रेल (टाउकोमा चोट, अवस्था सामान्य) ।

६. लमही नगरपालिका २ बस्ने वर्ष २१ को प्रकाश चौधरी (निधारमा चोट, अवस्था सामान्य) ।

७. दाङ घोराही–१६ बस्ने वर्ष ६० को फणेन्द्र पछाई (हात खुट्टामा चोट, अवस्था सामान्य) ।

८. दाङ नारायणपुर बस्ने वर्ष ६० की उमा गौतम (टाउकोमा चोट, अवस्था मध्यम) ।

९. घोराही बस्ने वर्ष ४१ की शान्ती हमाल (सामान्य चोटपटक) ।

१०. शान्ती हमालकी छोरी वर्ष १० की प्रमिसा हमाल (सामान्य चोटपटक) ।

११. रोल्पाको होलेरी बस्ने वर्ष ५० को विष्णु बस्नेत (टाउकोमा चोट, अवस्था मध्यम) ।

१२. नुवाकोटको पञ्चकन्या–६ बस्ने वर्ष ४० की सुनिता तामाङ (टाउकोमा चोट, अवस्था सामान्य) ।

१३. ऐ.ऐ. बस्ने बस्ने वर्ष ४२ को सुकमान तामाङ (टाउको र कम्मरमा चोट, अवस्था मध्यम) ।

१४. ऐ. ऐ. बस्ने वर्ष ४५ को बुद्दी बहादुर तामाङ (ढाडमा चोट, अवस्था मध्यम) ।

१५. ऐ.ऐ. बस्ने वर्ष २० को सन्देश तामाङ (दायाँ हातमा चोट, अवस्था मध्यम) ।

जनता केयर अस्पताल मुग्लिङमा उपचाररत घाइतेहरु

१. रोल्पा रुन्टीगढी गाउँपालिका ९ का वडाध्यक्ष वर्ष ३५ को चेतलाल खत्री (हातमा चोट) ।

२. दाङ घोराही १७ बस्ने वर्ष २४ को दिनेश चौधरी (हातमा चोट) ।

३. दाङ घोराही–१० बस्ने वर्ष २९ को चक्र सिंह (हात र टाउकोमा चोट) ।

४. दाङ गढवा–२ बस्ने वर्ष २६ को श्रीराम चौधरी (टाउको र हातमा चोट) ।

५. बस चालक दाङका ३४ वर्षीय सुभाष ओली ।

६. बस चालक (दुर्घटना हुँदाको समयमा चलाउने) दाङ लमही न.पा. २ बस्ने वर्ष २६ को विपिन चौधरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?