अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् ।

खुट्टामा भएको समस्याका कारण रवि केही दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका थिए ।

बिहीबार उपचारपछि डिस्चार्ज भएको अस्पताल व्यवस्थापन अधिकृत सागर पौडेलले जानकारी दिए ।

माघ ५ गते जनकपुरमा पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागि हुँदा रविको खुट्टामा सामान्य चोट लागेको थियो । तर त्यो चोट बढ्दै जाँदा थप उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?