काठमाडौं । गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिता उल्लङ्घनका घटना रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयले आज सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै निर्वाचन आचारसंहिता कार्यान्वयनको नियमित अनुगमन गरी प्रभावकारी रुपमा कार्यान्व्यन गराउन निर्देशन दिएको हो ।
आचारसंहिता कार्यान्वयनमा गरिएका कार्यको नियमितरुपमा मन्त्रालयमा प्रतिवेदन पेस गर्न निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
निर्वाचन आयोगले यही माघ ४ गतेदेखि प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता लागू गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया