ट्विटर प्रयोगकर्तालाई खुसीको खबरः अब दोब्बर अक्षर सुविधा

काठमाडौं, २३ कात्तिक । अहिलेसम्म ट्वीटर प्रयोगकर्ताले जम्मा १ सय ४० अक्षरमा आफ्नो कुराहरु ट्विट गर्न पाउँथे भने अब ट्विटरले आफ्नो प्रयोगकर्ताको लागि अक्षरको सीमा बढाएर २ सय ८० पुर्‍याएको छ त्यस्तै, चिनियाँ, जापानी तथा कोरियाली भाषामा लेख्नेहरुका लागि भने अहिले पनि १ सय ४० नै रहनेछ । किनकी यी भाषाहरुमा लेख्नको लागि निकै धेरै अक्षरहरुको आश्यकता पर्दछ ट्विटर कम्पनीले दिएको जानकारी अनुसार, अंग्रेजी भाषामा लेखिने नौ प्रतिशत ट्विट अधिकतम सीमा १ सय ४० अक्षरको नै प्रयोग नै हुने गरेको छ । अधिकांश मानिसहरुले अक्षरको सीमाका कारण धेरैजसो समय ट्विट सम्पादन गर्दछन् वा अक्षर नपुगेसँगै ट्विट नै प्रकाशित गर्दैनन् त्यसैकारणले गर्दा अहिले अक्षरको सीमा बढेसँगै ट्विटरमा ट्विट गर्नेहरुको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ निकै हप्ताको परीक्षण पश्चात ट्विटरले आधिकारिक रुपमा अक्षर सीमा बढाएको कम्पनी स्रोतले बताएको छ । ट्वीटरले गत सेप्टेम्बर देखि २ सय ८० अक्षरको ट्विटको परीक्षण थालेको छ सन् २००६ मा सुरु भएदेखि नै ट्विट गर्नका लागि १ सय ४० अक्षरको सीमा रहेको थियो । हाल संसारभर ३३ करोड ट्विटर प्रयोगकर्ता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?