काठमाडौं । बारामा धारिलो हतियार प्रयोग गरी २ जनाको हत्यामा संलग्न २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २७ वर्षीय धर्मेन्द्र महतो धानुक र २३ वर्षीय मनिता देवि मण्डल रहेकी छिन् ।
माघ १४ गते (बुधबार) परवानीपुर गाउँपालिका वडा नं. १ हरिया डिहिमा बस्ने वर्ष ५० का जगन्नाथ मण्डलको घरमा अज्ञात व्यक्ति जबर्जस्ती प्रवेश गरी धारिलो हतियार प्रहार गर्दा ५ जना घाइते भएका थिए । घटनामा गम्भीर घाइते भएका २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा परवानीपुर गाउँपालिका वडा नं. १ निवासी ३९ वर्षीय राम ईश्वर मण्डल र उनकी श्रीमती ३६ वर्षीय सुमित्रा मण्डल रहेकी छन् । घाइते हुनेमा ५० वर्षीय जगन्नाथ मण्डल र उनकी छोरी २३ वर्षीय रिना कुमारी मण्डल रहेकी छन्, जसको उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवादका कारण घटना घटेको खुलेको प्रहरीले जनाएको छ । विदेशमा रहेका धर्मेन्द्र महतो धानुकले नेपाल फर्किएपछि घरपरिवारसँगको विवादका कारण योजनाबद्ध रूपमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
घटनामा संलग्न अभियुक्तहरूलाई पक्राउ गरी जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया