नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

लोकपथ
1.7k
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने भएको छ ।

बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बैठकले नेपाल प्रहरी कर्मचारीहरुलाई दिँदै आइएको रासन बराबरको रकम वृद्धि गर्ने निर्णय गरेको हो ।

बैठकपछि बोल्दै सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेदेखि लागू हुनेगरी रासन स्केल रकम वृद्धि गर्ने निर्णय गरेको जानकारी दिए ।

अर्यालले बैठकपछि भने, ‘२०८२–११–१ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने ।’

यद्यपि कति रकम वृद्धि गरिएको भने उनले खुलाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?