ग्लोबल आईएमई बैंकले ल्यायो ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा

लोकपथ
91
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल बैंकिङ एप मार्फत आईपीओ भर्ने सुविधा उपलब्ध गराएको छ ।

अब बैंकका मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले कुनै पनि आईपीओ आवेदन प्रक्रिया ग्लोबल स्मार्ट प्लस एपबाटै सजिलै सम्पन्न गर्न सक्नेछन् ।

ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले आईपीओ म्यानेजमेण्ट सेक्सनमा गई आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपछि ग्राहकलाई तुरुन्तै सिआरएन नम्बर प्राप्त हुनेछ ।

त्यसपछि, ग्राहकहरूले आईपीओहरू खुला हुने समयमा एपमार्फतै आवेदन दिन सक्नेछन् ।

साथै, ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूलाई यस एपको माध्यमबाट कुनै पनि कम्पनीको आईपीओ खुल्ला हुनेबारे जानकारी पनि प्राप्त हुने बैंकले जनाएको छ । यस सेवाले ग्राहकलाई आईपीओ आवेदन प्रक्रियामा अन्य माध्यम प्रयोग गर्न नपर्ने तथा अत्यधिक सहजता र समयको बचत गर्ने सुविधा उपलब्ध गराएको छ ।

एपमा लाइभ मार्केट सुविधा

ग्लोबल स्मार्ट प्लस एपमा अब लाइभ मार्केट सुविधा उपलब्ध गराइएको छ, जसले ग्राहकलाई सेकेन्डरी बजारमा भएको सबै कारोबारको रियल टाइम अपडेट प्रदान गर्नेछ ।

यस सुविधामा ग्राहकहरूले नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्नओभर, वाचलिस्ट, क्यालकुलेटर, स्टक कम्प्यारिजन, ब्रोकर लिस्ट लगायतका विभिन्न लगानीका अवसरहरूको जानकारी प्राप्त गर्न सक्नेछन् । लाइभ मार्केट सुविधा मार्फत ग्राहकहरूले दोस्रो बजारको सम्पूर्ण जानकारी पाउनेछन् र यसले व्यक्तिगत शेयर लगानी ट्र्याक गर्ने अवसर प्रदान गर्ने बैंकले जनाएको छ ।

ग्राहकहरूले खरिद मूल्य र कित्ता संख्या प्रविष्ट गरेर आफ्नो शेयरको मूल्य र नाफारघाटा रियल टाइममा ट्र्याक गर्न सक्छन् ।

क्यालकुलेटरको प्रयोगले शेयर किन्ने वा बेच्ने निर्णयमा सही हिसाब किताब गर्न मद्दत पुर्याउँछ, जसले लगानीको योजना बनाउँदा सहयोगी बन्नेछ ।

वाचलिस्ट सुविधाले लगानीकर्ताहरूलाई आफ्नो रोजाईका शेयरहरूको सूची बनाउने अवसर दिन्छ, जसको माध्यमबाट उनीहरू आफ्नो लगानी निर्णय अघि मूल्य परिवर्तन र बजारको ट्रेन्ड निगरानी गर्न सक्छन् । स्टक कम्प्यारिजन सुविधाले ग्राहकलाई शेयरका मूल्य ट्रेन्ड र अन्य सूचकांङ्कहरूको आधारमा तुलनात्मक विश्लेषण प्रस्तुत गर्दछ, जसले लगानी निर्णयमा थप सन्दर्भ प्रदान गर्दछ ।

यससँगै, ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूलाई दोस्रो बजारको सम्पूर्ण जानकारी प्राप्त गर्ने अवसर प्राप्त भएको र यसले उनलाई स्मार्टफोन प्रयोग गरेर शेयर बजारको गतिविधिहरू ट्र्याक र विश्लेषण गर्नका लागि सुविधाजनक र डिजिटल माध्यम उपलब्ध गराउँछ ।

यस नयाँ सुविधा सुरुवात गर्नका लागि ग्राहकलाई सहज र सुरक्षित डिजिटल बैंकिङ अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको बैंकले जनाएको छ ।

ग्लोबल स्मार्ट प्लस एपले डिजिटल वित्तीय सेवाहरूमा नयाँ आयाम थप्दै नेपालमा आधुनिक वित्तीय समावेशीकरणको दिशा तय गरेको बैंकको विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?