सुन तोलामा २० हजार ५ सय रुपैयाँले बढ्यो, ३ लाख ३९ हजार ३ सय रुपैयाँ निर्धारण 

लोकपथ
882
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय पुगेको छ । 

हिजो बुधबार ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलामा २ सय ५ रुपैयाँ बढेर ७ हजार ५ सय ५ रुपैयाँ पुगेको छ । हिजो बुधबार चाँदी प्रतितोला ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?