काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानतर्फ एक विशाल अमेरिकी युद्धपोत अघि बढिरहेको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल ट्रुथ सोसल मा पोस्ट गर्दै उनले विमानवाहक पोत अब्राहम लिंकनको नेतृत्वमा भेनेजुएला पठाइएकोभन्दा पनि ठुलो युद्धपोत इरानतर्फ गइरहेको बताएका हुन् ।
राष्ट्रपति ट्रम्पले इरान चाँडै वार्ताको टेबुलमा आउने विश्वास व्यक्त गर्दै निष्पक्ष र न्यायोचित सम्झौता सम्भव हुने दाबी गरेका छन् । आवश्यक परेमा अमेरिकी युद्धपोत तीव्र गति र कडा कारबाहीसहित आफ्नो मिसन पूरा गर्न सक्षम रहेको चेतावनीसमेत उनले दिएका छन् ।
यसै सन्दर्भमा ट्रम्पले जुन २०२५ मा इरानी आणविक केन्द्रहरूलाई लक्षित गरिएको ‘अपरेसन मिडनाइट ह्यामर’ को उल्लेख गर्दै सम्झौता नभए आगामी कारबाही अझै कडा हुने चेतावनी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया