काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चुनावी सहकार्य बिना गरिने एकताको चर्चा ‘भ्रम फैलाउने बासी हल्ला’ मात्र भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
विप्लवले सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्ने शक्तिसँग एकताका लागि आफूहरू खुला रहेको उल्लेख गरे । तर चुनावी मोर्चामा सहकार्य गर्न तयार नहुने शक्तिसँग एकताको कुरा गर्नु कम्युनिस्ट आन्दोलनमा पुरानो र असफल जालझेल मात्र भएको उनको टिप्पणी छ ।
बुधबार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकतामा आउन आग्रह गरेपछि त्यसको प्रतिक्रिया जनाउँदै विप्लवले चुनावी सहकार्य बिना एकताको चर्चा गर्नु व्यवहारिक नभएको बताएका हुन् ।
उनले भने,‘ चुनावी सहकार्यविहीन एकताको चर्चा ‘भ्रम फैलाउने बासी हल्ला’ मात्र हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया