एमाले प्रवेश गरेका प्रदीप यादवसहित ८ जनालाई जसपाले निकाल्यो

लोकपथ
364
Shares

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी (जसपा) नेपालले पूर्वमन्त्री प्रदीप यादवसहित ८ जनालाई पार्टीबाट निष्काशन गरेको छ ।

केही हप्ताअघि मात्रै पूर्वमन्त्री समेत रहेका यादवसहित केही नेताहरु एमाले प्रवेश गरेका थिए ।

जसपाले पार्टीको हित विपरित र पार्टी विधान विपरित काम गरेको भन्दै पार्टीबाट निष्काशन गरेको हो । निष्काशनमा पर्नेहरुमा प्रदीप यादव, चन्दनकुमार सिंह, आत्मराम साह, कमरुल्लाह अन्सारी, उदयकान्त मिश्र, हरिनारायण यादव, नवलकिशोर सिंह र डा. शिवजी यादव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?