हिमाली क्षेत्रमा मतदान हुने सम्भावना न्यून, मतदानस्थल नै सार्ने तयारी

लोकपथ
140
Shares
फाइल तस्बिर

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहँदा हिमाली क्षेत्रका मतदानस्थल सार्नेबारे गृहकार्य सुरु गरिएको छ ।

फागुन महिनामा पनि हिमाली भेगमा हिउँपात र अत्यधिक चिसो कायम रहने तथा स्थानीय बासिन्दाहरू जाडो छल्न तलका बेंसी क्षेत्रमा बसाइँ सर्ने भएकाले त्यस्ता स्थानका मतदानस्थल सार्ने विकल्पबारे अध्ययन थालिएको हो ।

गृह मन्त्रालयका अनुसार, निर्वाचनको मितिमा अधिकांश मतदाता उच्च हिमाली क्षेत्रभन्दा तलै रहने सम्भावना रहेकाले मतदानस्थल स्थानान्तरण गर्ने विषयमा प्रारम्भिक गृहकार्य सुरु गरिएको हो ।

मतदान प्रक्रिया सहज, सुरक्षित र सबै मतदाताको सहभागिता सुनिश्चित गर्न सुरक्षा निकायसँग समन्वय गरी आवश्यक तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?