बालेनलक्षित सांसद भट्टको टिप्पणी : ‘देश जलाउनेबाट कुनैपनि खालको अपेक्षा गर्न सकिँदैन’

लोकपथ
133
Shares

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद नारायणदत्त भट्टले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति कडा आलोचना गरेका छन् ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद भट्टले भदौ २४ गतेको घटनालाई स्मरण गर्दै देशलाई अस्थिरतातर्फ धकेल्ने कामको नेतृत्व साहले गरेको आरोप लगाए । उनले त्यस्ता व्यक्तिले प्रधानमन्त्री बनेर देशको मुहार फेर्छन् भन्ने कुनै ग्यारेन्टी नभएको दाबी गरे ।

सांसद भट्टले साहले काठमाडौं महानगरपालिकाको प्रमुखको जिम्मेवारीसमेत पूरा नगरेको भन्दै आपत्ति जनाए । एउटा जिम्मेवारी पूरा नगर्दै अर्को जिम्मेवारीतर्फ उन्मुख हुने प्रवृत्ति गलत भएको उनको भनाइ थियो ।

उनले पत्रकारको आवरणमा मन्त्री बन्ने, सांसद बन्ने प्रयास गर्नेहरू नै संविधान बनाउने र देशका लागि रगत पसिना बगाएका नेताहरूलाई ‘पुराना’ भन्दै अर्ति उपदेश दिने काममा लागेको आरोप लगाए ।

भट्टले भने, ‘देशलाई खरानी बनाउनेहरूले देशको मुहार फेर्छन् भन्ने के ग्यारेन्टी छ रु एउटा जिम्मेवारी छोडेर अर्को जिम्मेवारीमा दौडिने, आफूलाई ठुलो पत्रकार भनेर मन्त्री खाने अनि माननीय बन्न खोज्ने प्रवृत्तिले विचार र सिद्धान्तमा बाँधिएर देश र जनताका लागि खटिने मानिसहरू बदनाम हुँदै गएका छन् ।’

उनले ‘पुराना’ भन्ने शब्द प्रयोग गर्नेहरूप्रति व्यङ्ग्य गर्दै बुबाआमा, सम्पत्ति र संविधान पुरानै हुने उल्लेख गरे । ‘अर्काले रगत बगाएर बनाएको संविधानमा उभिएर आज अर्ति उपदेश दिनु जायज होइन,भन्दै उनले राष्ट्र र राष्ट्रियता कसैको निजी सम्पत्ति नभएको स्पष्ट पारे ।

सांसद भट्टले सामाजिक सञ्जालमा स्टन्टबाजी गर्ने प्रवृत्तिबाट देशलाई जोगाउनुपर्ने अवस्था आएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?