कांग्रेस मधेशको जेठो छोरो हो, तर हामीले न्याय गर्न सकेनौँ : गगन थापा

लोकपथ
112
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले पार्टीलाई ठूलो गुन लगाए पनि आफूहरुले न्याय गर्न नसकेको स्वीकार गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नं ४ मा मतदाताहरुलाई सम्बोधन गर्दै सभापति थापाले सो कुरा बताएका हुन् । उनले कांग्रेसको जननी नै मधेश रहेको र पार्टी मधेशको जेठो छोरा रहेको समेत जिकिर गरे ।

‘थुप्रै मधेशवादी पार्टीहरु पनि आए, तर कांग्रेसले के बुझ्नुपथ्र्यो भने यो त हाम्रो जननी हो, यो त हाम्रो आमा हो । हामी हो यसको जेठो छोरा, हामी हो यसको जेठो छोरी । हामीले गर्नुपर्छ यसको सेवा, हामीले पूरा गर्नुपर्छ यहाँको माग भन्दै हामीले जिम्मेवारी उठाउनुपर्ने थियो तर कहीँ न कहीँबाट त्यो चुक हामीबाट भयो,’ उनले भनेका छन् ।

मधेशले नै कांग्रेसलाई जन्माएको, हुर्काएको र बलियो बनाएको उनको तर्क छ ।

‘मधेश कांग्रेसको जन्मुभूमी हो । कांग्रेसलाई बनाएको, कांग्रेसलाई सम्हालेको, कांग्रेसलाई हुर्काएको, कांग्रेसलाई बलियो बनाएको यही धर्तीले हो । यसैले टिकाएको हो,’ उनले भनेका छन् ।

यी सबै काम मधेशले कांग्रेसका लागि गरे पनि कांग्रेसले भने गल्ती कमजोरीहरु गरेको स्वीकार गरे ।

‘मधेशले कांग्रेसलाई सधैँ न्याय गर्‍यो, तर कांग्रेसले न्याय गर्ने विषयका सन्दर्भमा पछिल्लो समय केही गल्ती, केही चुक हामीबाट भएकै छ,’ सभापति थापाले भने ।

५ वर्षको समय नेपालको आर्थिक समृद्धिको समय हुनुपर्नेमा जोड दिँदै त्यसो समय नेपालले खेर फाल्न नहुने समेत उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?