काठमाडौं । नेपाली कांग्रेसले पार्टीका उम्मेदवारहरुको निर्वाचनका कार्यक्रमहरु व्यवस्थित बनाउन समिति तगा संरचना बनाउन सम्बन्धित समितिलाई निर्देशन दिएको छ ।
कांग्रेसले ७ वटै प्रदेश, १६५ वटै निर्वाचन क्षेत्र र ७७ वटै जिल्ला सभापतिहरुलाई परिपत्र गर्र्दै समिति गठन गर्न भनेको हो ।
पार्टीका उम्मेदवारलाई जित हासिल गर्न सहज बनाउन विभिन्न १२ वटा समिति र संरचना गठन गर्न समेत निर्देशन दिइएको छ ।
जसमा निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मुल समिति, निर्वाचन प्रचारप्रसार मुल समिति, वौद्धिक क्षेत्र समन्वय समिति लगायतका संरचनाहरु गठन गर्न कांग्रेसले भनेको हो ।
पार्टी उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका विश्वप्रकाश शर्माले अबिलम्ब सो समितिहरु गठन गरेर केन्द्रमा पठाउन भनेका हुन् ।
‘अत्यावश्यक अन्य समिति–उपसमिति मअविलम्ब गठन गरेर केन्द्रीय कार्यालयमा विवरण पठाउन आग्रह गर्दछु,’ उनले भनेका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया