यस्ता छन् स्तन क्यान्सर हुनुका कारण र यसका लक्षण

स्तन क्यान्सर धेरैजसो महिलामा हुने गर्दछ । स्तनको कोष असामान्य रुपमा बढ्नुलाई स्तन क्यान्सर भनिन्छ । स्तन क्यान्सर कस्तो कारणले गर्दा हुन्छ भन्ने कुराको पत्ता आजसम्म लाग्न सकेको छैन । महिलाहरुमा हुने क्यान्सरमा यो दोस्रो नम्बरमा पर्छ । स्तन क्यान्सर हुने संकेत सुरुमै अनुमान गर्न सकिन्छ स्तन क्यान्सर प्राय दूध उत्पादन गर्ने नलीदेखि सुरुवात हुन्छ । स्तन क्यान्सर विभिन्न कारणले गर्दा हुन सक्छ । त्यसैले स्तनमा देखिने सा–साना समस्याहरुलाई हेलचेक्र्याइ गर्न हँदैन । केही समस्या देखा पर्ने बित्तिकै डाक्टरसँग समपर्क राख्नुपर्छ स्तन क्यान्सरका लक्षणहरुः–१) नदुख्ने गाँडो आउनु२) स्तनको मुन्टाबाट रगत बग्नु३) स्तनको मुन्टा भित्र जान थाल्नु४) छालामा निको नहुने घाउ आउनु५) काखीमा गाँठागुँठी आउनु६) स्तनको रङ परिवर्तन हुन थाल्नुस्तन क्यान्सर हुनसक्ने विभिन्न कारणहरुः–१) वंशाणुगत (रगतको नातामध्ये आमा, दिदी, बहिनी, छोरी कसै एकमा भएमा) कारणले स्तन क्यान्सर हुन सक्छ । करिब १० प्रतिशतमा वंशाणुगत कारणले स्तन क्यान्सर हुन्छ २) हर्मोनहरुमा गडबडी हुनाले पनि स्तन क्यान्सर हुन सक्छ ३) नियमित मदिरा सेवन गर्ने महिलामा ४) परिवार नियोजनका साधन पिल्सहरु प्रयोग गर्ने महिलामा क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ ५) दूध खुवाउने महिलाले बच्चालाई दूध खुवाएनन् भने पनि क्यान्सर हुन सक्छ ६) महिनावारी गडबडी छ भने पनि स्तन क्यान्सर हुन्छ ७) बच्चा नभएका महिलालाई स्तन क्यान्सरको जोखिम हुन्छ ८) बढी उमेरमा बच्चा जन्माउने महिलालाई स्तन क्यासरको सम्भावना बढी हुन्छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?