भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवार सवार विमान दुर्घटना, सबैको निधन 

लोकपथ
1.4k
Shares

काठमाडौंं । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवार सवार विमान दुर्घटनामा पर्दा विमानमा सवार सबैको निधन भएको छ । 

भारतीय सञ्चार माध्यमहरूका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

विमानबाट पवार मुम्बईबाट बारामती जाँदै गरेको र बारामतीमा अवतरणका क्रममा विमान रनवेबाट चिप्लिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । 

विमानमा पवारका साथै उनका पर्सनल असिस्टेन्ट, सुरक्षाकर्मी र विमान दलका सदस्य सबैको मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?