सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । कांग्रेस उम्मेदवार थापालाई सघाउनका लागि सर्लाही क्षेत्र नम्बर ४ का प्रदेश सांंसद उम्मेवारदेखि गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका छन् ।
बहुजन पार्टीबाट सर्लाही क्षेत्र नम्बर ४ ‘ख’ प्रदेशका उम्मेदवार कृष्णकुमार कुशवाहसहित चार वडाध्यक्षलाई कांग्रेस सभापति गगन थापाले बुधबार सर्लाहीमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।

सर्लाहीमा आयोजित कार्यक्रममा कुशवाहसहित गोडैता नगरपालिका वडा नम्बर १ वडाध्यक्ष सुजित महतो, वडा नम्बर २ का वडाध्यक्ष अजयप्रसाद साह, वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश गुप्ता, वडा नम्बर ११ का वडाध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गरेर गगन थापालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । वडा नम्बर १ का वडाध्यक्ष महतो र वडा नम्बर २ का वडाध्यक्ष साह नेपाल कम्युनिस्ट पार्टी, वडा नम्बर ५का वडाध्यक्ष गुप्ता जसपा, वडा नम्बर १ १का वडाध्यक्ष पण्डित एमालेबाट वडाध्यक्ष विजयी भएका थिए । त्यसैगरी बसबरियाका जसपा नेता मुकेश यादव, वडा सदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गरेका छन् ।

मुलुकको विकास गर्न सक्ने भिजन भएका कांग्रेस सभापति थापा आफ्नो क्षेत्रमा आएकाले चुनावमा जिताउनका लागि कांग्रेस प्रवेश गरेको उनीहरूले बताए । यसअघि सर्लाही क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि कांग्रेसमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया