मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

लोकपथ
210
Shares

सिन्धुली । दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका–१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो । 

गम्भीर घाइते भएका निजको नगर अस्पताल सिर्थौली लाने क्रममा बाटोमा मृत्यु भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?