युवराज सफल पक्राउ

लोकपथ
4.1k
Shares

काठमाडौं । आफूलाई अभियन्ता बताउने युवराज सफल भन्ने युवराज पौडेल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई मंगलबार पक्राउ गरेको हो ।

महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयमाथि विभिन्न आरोप लगाउँदै तथ्यहीन अन्तर्वार्ता दिइ भ्रम फैलाएको आरोपमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद समेत थप गरिएको छ ।

आफूलाई अभियन्ता बताउने युवराज सफलले लामो समयदेखि सामाजिक सञ्जालमा भ्रामक टिप्पणीहरु गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?