शंकर पोखरेलको चेतावनी : ‘पपुलिजम र एनार्किजमले राज्य कमजोर पार्छ’

लोकपथ
182
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

पोखरेलले भने, ‘पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्छ, एनार्किजमले व्यवस्था नै दुश्मन ठान्छ। दुवै मिल्दा राज्य कमजोर हुन्छ, नागरिक विभाजित हुन्छन् ।’

उनले मुलुकलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बन्नबाट जोगाउन आलोचनात्मक सोच अपनाउन, तथ्य र भावनालाई छुट्याउन र असहमति लोकतान्त्रिक विधिमै राख्नुपर्नेमा जोड दिएका छन् । पोखरेलले राष्ट्र, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु भनेको क्रमशः नेपाली पहिचान, समावेशिता र भविष्य जोगाउनु भएको बताए ।

उनले राजनीतिक अस्थिरता र सामाजिक अराजकतालाई मुलुकको मुख्य समस्या ठहर गर्दै भने, ‘यी सबै उद्देश्यका लागि बलियो राजनीतिक दल र निर्णायक राष्ट्रिय शक्तिको खाँचो पर्दछ । चुनाव त्यो उद्देश्य प्राप्तिको अवसर हो ।’

‘यस्तो बेला भूराजनीतिक द्वन्द्वबाट मुलुकलाई जोगाउन बंगलादेश वा युक्रेन बन्न नदिनु डर फैलाउनु होइन, समयमै सचेत हुनु हो । यही चेतनाको निरन्तरता नै आजको सबैभन्दा ठुलो देशभक्ति हो ।,‘उनले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?