काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आज दिउसो १ः१५ बजेदेखि राष्ट्रियसभाको बैठक सिंहदरबारमा बस्न लागेको हो ।
आज विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ ।
त्यस्तै आजको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन् शेर्पाले संघियता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया