रवि–बालेनलाई सम्बोधन गर्दै प्रकाश सपुत लेख्छन्– ‘जनतामा अन्तिम आशा बाँकी छ’

लोकपथ
0
Shares

काठमाडौं । गायक प्रकाश सपुतले आफूले आफ्ना दर्शकहरुको मन दुखाएर राजनीतिमा बताएका छन् ।

आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा रहेका उनले सामाजिक सञ्जालमा लेख्दै सो कुरा बताएका हुन् ।

उनले आफू रास्वपामा आउँदा केही फरक आस्था र विचार राख्ने दर्शकहरुले चित्त दुखाएको बताए । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ सँगको तस्बिर सेयर गर्दै उनले आफूले जीवनकै कठोर निर्णय लिएर राजनीतिमा लागेको समेत बताए ।

‘मैले बडो दुःख, संघर्ष, मेहेनेत र धैर्यताले टिकाएको मेरो कला सिर्जना मार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थु्प्रै दर्शक स्रोताको मन दुखाएर तपाईहरुसंग हातेमालो गर्दैछु । पेशा र व्यावसायिक हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो । मेरो यो कठोर निर्णय गलत सावित हुने छैन भन्नेमा मलाई विश्वास छ । कुनै एउटा दलमा लागेको भनेर अहिले म सँग मन दुखाउने मेरा प्रिय दर्शक स्रोताको मन हामीले हाम्रो काम र इमानले जित्ने छौ । हामी सँगै देशले जित्नेछ,’ उनले भनेका छन् ।

त्यस्तै उनले अन्तिम पटक आम नेपालीले रास्वपालाई विश्वास गर्न लागेको समेत दाबी गरे । साथै आफूले मतदाताको मुहारमा अन्तिम आशा र उत्साह देखेको बताउँदै पार्टी नेतृत्वले निराश नबनाउने समेत विश्वास व्यक्त गरे ।

‘अब ‘अन्तिम पटक’ म र म जस्तै आम नेपालीहरुले कुनै व्यक्ति र शक्ति (दल) लाई विश्वास गर्दैछन् । मैले मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु ।अब तपाईहरुलाई निरास बनाउने छुट छैन,’ उनले भनेका छन् ।

सपुतले सामाजिक सञ्जालमा लेखेका छन् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?