जाँदाजाँदै काठमाडौं–४ लाई गगनको सन्देश– ‘देश जोड्न मधेश झरेँ’

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेश झर्नुको कारणबारे स्पष्ट पारेका छन् ।

सर्लाही क्षेत्र नं ४ बाट आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्न उम्मेदवारी दिएका थापा आज त्यसतर्फ लागेका छन् ।

निरन्तर तीन पटक (२०७० २०७४ र २०७९) जित्दै आएको काठमाडौं–४ छाडेर सर्लाही झरेका गगनमाथि थप चुनौती रहेको विश्लेषण भइरहेको छ । यसैबिच उनले आफू मधेशका कुरा सुन्न र समस्या समाधान गर्न सर्लाही–४ पुगेको स्पष्ट पारे ।

एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले आफू देश जोड्नका लागि मधेश झरेको बताए ।

‘म मधेश जाँदैछु, किनकी म देश जोड्न चाहन्छु । म काठमाडौंका कथाहरु मधेशलाई लगेर सुनाउन चाहन्छु । अनि मधेशका कथाहरु, मधेशका पीडाहरु, मधेशका व्यथाहरु पनि काठमाडौंमा ल्याएर सुनाउन चाहन्छु । म सबैको सम्मान रहँदामात्रै हामी सबै नेपालीहरुको सम्मान रहन्छ भन्ने कुरामा विश्वास राख्छु । म उत्तेजनाको राजनीतिमा विश्वास राख्दिन् । र म अधिकार नभइ सबैका बिचमा एकता हुन्छ भन्ने कुरामा पनि विश्वास राख्दिन्,’ उनले भने ।

त्यस्तै आफू सर्लाही क्षेत्र नं ४ मा पुगे पनि निरन्तर तीन पटक जिताएको र आफू हुर्किएको काठमाडौं–४ लाई सँगसँगै लिएर जाने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?