२०७८,श्रावण,११,सोमवार

को हुन भावी मुख्यमन्त्री भनिएका शंकर पोख्ररेल ?

२०७४,कार्तिक,२३,बिहीवार ०६:३४


काठमाडौं, २३ कात्तिक । नेपालको बामपन्थी आन्दोलनमा शंकर पोखरेल स्थापित नेता हुन । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छ । भारतमा अध्ययनरत छँदा उनले प्रवासी नेपाली विद्यार्थीहरुको नेताको रुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी बहन गरेका छन । कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गरेका छन । विक्रम सम्वत २०१९ सालफागुन १५गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराजशर्मा र आमा तिलकादेबीको कान्छो सन्तानको रुपमा जन्मिएका पोखरेल हाल नेकपा एमालेको स्थायी कमिटि सदस्य हुन २०३६ सालमाभएको विद्यार्थी आन्दोलन, २०४५/४६ मा पञ्चायती ब्यवस्था अन्त्यकालागि भएको आन्दोलनकोमा नेतृत्वदायी भूमिका खेलेका पोखरेलले २०६२/६३ को जनआन्दोलनमा काठमाण्डौको मोर्चावाट आन्दोलनको नेतृत्व गरेका थए । गणतन्त्रका पक्षमा काठमाण्डौ त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको उनी प्रमुख वक्ता थिए । माओवादी आन्दोलन उत्कर्षमा रहेको बेलाहिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्तीअञ्चलका पहाडी जिल्लाहरुमा उनले शान्ति पदयात्राको नेतृत्व गर्नु भएको थियो । माओवादीहरुलाई शान्ति प्रकृयामा ल्याउनकालागि गरिएको विभिन्न प्रकारका छलफलहरुमा उनको सकृय सहभागित रहने गर्दथ्यो । माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको उनी सचिव थिए । जनकपुरमाभएको एमालेको सातौ महाधिवेशनमा पोखरेलले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव लगेका थिए । संविधान सभामार्फत राज्यको पुनसंरचना आवश्यक रहेको निष्कर्सका साथ उनले पार्टीमा राज्य पुनसंरचना सम्वन्धि लिखित दस्तावेज प्रस्तुत गरेका थिए । राज्यको पुनसंरचना सम्वन्धि पार्टीद्वारा गठन गरिएको कार्यदलको उनी सचिव थिए । अघिल्लो संविधानसभामा राज्य पुनर्संरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेलेका पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित  भएका थिए । पार्टीको आठौ राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्वन्धमा उनले प्रस्तुत गर्नु भएको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार गरेको थियो । राष्ट्रिय राजनीतिका प्रमुख मुद्दाहरुका पार्टी दृष्टिकोण निर्माण गर्ने कुरामा समेत उनको नेतृत्वकारी भूमिका रहने गरेको छ । उच्चस्तरको बैचारिक क्षमता र कुशलवक्ताको रुपमा उनले संसदमासमेत जनसरोकारका विषयलाई जोडदार ढंगले उठाउने सिमित सांसदहरुमा पर्छन त्रिभुवन विश्वविद्यालयबाट एमबीए तहको अध्ययन पुरा गरेका पोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुन । आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उनका सोचहरुलाई पार्टीको नवौ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाको रुपमा आत्मसात गरेको छ । राजनीतिक अधिकार प्राप्तिको संघर्षको सफलता पश्चात अब मुलुक आर्थिक सामाजिक विकास र रुपान्तरणको दिशामा अघि वढ्नु पर्दछ भन्ने उन यति बेला नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का तर्फवाट पाँच नम्वर प्रदेशको मुख्यमन्त्रीका प्रस्तावित  भएका छन । राष्ट्रिय राजनीतिमा नेतृत्वकारी भूमिका निर्वाह गर्नु भएका पोखरेल प्रदेशको नेतृत्वकर्ताका रुपमा जानुलाई अर्थपूर्ण लिइएको छ हाल पार्टीमा पोखरेलले पार्टि स्कुल विभागको उपप्रमुखको समेत जिम्मेवारी निर्वाह गरिरहेका छन । पार्टी कार्यकर्तालाई प्रशिक्षितगर्ने काममा पोखरेल निकै सक्रिय छन । नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका खेलेका पोखरेल पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायमगर्न सक्ने नेताहरु मध्ये एक हुन । विगतमा पार्टी सचिवको रुपमा काम गरिसकेका  पोखरेलले सूचना तथा संचार मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन । पोखरेलका राजनीतिक, बैचारिक र समाजका विविध क्षेत्रमा थुप्रै पुस्तक र लेख रचनाहरु प्रकाशित छन् । उनले साहित्य सृजनातर्फ पनिउत्तिकै सक्रियताका साथ कलम चलाएका छन । पोखरेलले युगलहर, सिमाना परिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्प लगायत पत्रिका र साहित्कि रचना संग्रहरुको सम्पादन पनि गरेका छन । एक्काइसौ शताब्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादनमा समेत उनको नेतृत्वकारी भूमिका रहेको थियो । केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उनले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहन गरेका थिए । पटकपटक जेल र दर्जनौ पटक हिरासतमा रहेर राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गरेका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने सिमित नेताहरु मध्ये हुन । पोखरेलकी श्रीमती एमाले नेतृ सुजिता शाक्य हाल एमाले केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघको सचिव हुन । उनीहरुका दुई छोरी छन् संक्षेपमा शंकर पोखरेल

  •  विक्रम संवत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेबीको कान्छो सन्तान  ।
  •  त्रिभुवन विश्वविद्यालयबाट एमबीए तहको अध्ययन पुरा गरेका पोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता मध्ये एक ।
  •  आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उनका सोचहरुलाई पार्टीको नवौ महाधिवेशनले पार्टीको राजनीतिक कार्य्दिशाको रुपमा आत्मसात ।
  •  ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित ।
  •  हाल नेकपा एमालेको स्थायी कमिटि सदस्य , पार्टि स्कुल विभागको उपप्रमुख र विगतमा पार्टी सचिव साथै सूचना तथा संचार मन्त्रीको जिम्मेवारी ।
  •  नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का तर्फवाट पाँच नम्वर प्रदेशको मुख्य मन्त्रीका प्रस्तावित ।
  •  नेपालको बामपन्थी आन्दोलनमा स्थापित नेता ।
  •  जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका ।
  •  विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलता ।
  •  अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष ।
  •  अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह ।
  •  २०३६ सालमा भएको विद्यार्थी आन्दोलन र २०४५/४६ पञ्चायती ब्यवस्था अन्त्यका लागि भएको आन्दोलनकोमा नेतृत्वदायी भूमिका ।
  •  २०६२/६३ को जनआन्दोलनमा काठमाण्डौको मोर्चावाट आन्दोलनको नेतृत्व  र गणतन्त्रका पक्षमा काठमाण्डौ त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको प्रमुख वक्ता  ।
  •  माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जनागर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा शान्ति पदयात्राको नेतृत्वड्ड माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको सचिव ।
  •  एमालेको सातौ महाधिवेशनमा अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव पेश ।
  •  राज्यको पुनसंरचना सम्वन्धि पार्टीद्वारा गठन गरिएको कार्यदलको सचिव ।
  •  आठौ राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्वन्धमा प्रस्तुत गर्नु भएको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार ।
  •  केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उहाँले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहन ।
  •  साहित्य सृजनातर्फ पनि उत्तिकै सक्रियताकासाथ युग लहर, सिमाना परिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्प लगायत पत्रिका र साहित्कि रचना संग्रहरुको सम्पादन साथै एक्काइसौ शताव्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादन ।
  •  नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेताहरु मध्ये एक ।

-प्रस्तुतीः अजय शर्मा

प्रकाशित मिति: २०७४,कार्तिक,२३,बिहीवार ०६:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रेपलाञ्चोक । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले देश र जनताले फेरि माओवादी नै खोजेको बताएका छन् ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयताको खारेजी र धर्म निरपेक्षताबारेमा जनमत संग्रह गर्नुपर्ने आवाज उठ्नु सकारात्मक भएको

काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले नेकपा एमाले कुनै पनि अवस्थामा विभाजन नहुने बताएका छन् । रिपोर्टस क्लव नेपालमा

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । माधव नेपाल पक्षीय

ताजा समाचार

माओवादी फेरी जाग्छ : नेता पौडेल
 २०७८,श्रावण,११,सोमवार २२:५१
छोराको कुटाइबाट बाबुको मृत्यु
 २०७८,श्रावण,११,सोमवार २२:३६
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२